वर्ष ०१ अंक ०३ २०६५ साउन

घोकन्ते विद्याः एक जटिल समस्या


2008-08-28
शमि भन्ज्याङ मावि मैदी धादिङबाट २०५६ सालमा एसएलसी उतीर्ण शिवराज अर्यालले गणितमा ४७ अंक मात्र हाँसिल गरे । १ कक्षादेखि नै गणितमा राम्रो अंकका साथ उतीर्ण हुने अर्याल ८ नम्बर नपुगेर एसएलसीमा प्रथम श्रेणीमा उतीर्ण हुनबाट विाचत भए । भन्छन् ूमैले त राम्रो गरेको थएँ एसएलसीमा प्रथम श्रेणीमा पास हुने सपना तुहियो ।



काठमाडौंको रत्नराज्य माविबाट २०६० सालको एसएलसीमा गणितमा असफल भएपछि उत्तम लम्सालले जीवनमा कहिल्यै गणित नपढ्ने निश्चय गरे । दोस्रोपटक पूरक दिएर उत्तीर्ण भएपछि उनले मानविकी संकायमा नेपाली विषय पढे । ूगणित भनेपछि अहिले पनि डर लाग्छ । गणितमा धेरै कुरा बुझ्नै सकिँदैनू उनको कथन छ ।

२०५८ देखि २०६३ सम्म पाँचपटक एसएलसी दिएकी उषा तिवारी पाँचै पटक गणितमा अनुतीर्ण भइन् । ६ विषय उतीर्ण भए पनि गणितमा फेल भएका कारण उनले एसएलसीको प्रमाणपत्र हात पार्न सकिनन् । भन्छिन् ूसरहरुले पढाउाजेल सबै बुझेजस्तो लाग्थ्यो पछि सबै बिस्रन्थेँ ।ू



एसएलसीमा सबैभन्दा बढी विद्यार्थी अनुत्तीर्ण हुने विषय हो गणित । परिक्षा नियन्त्रण कार्यालय भक्तपुरले प्रकाशित गरेको पछिल्लो पाँच वर्षको तथ्यांक केलाउँदा गत वर्ष बाहेक हरेक वर्ष अधिकतम विद्यार्थीहरु गणितमा असफल भएको भेटियो ।



गणितलाई सांखिय अभिव्यक्ति मानिएको छ । आधारभुत रुपमा गणितमा जोड घटाउ गुणन र भागको काम हुन्छ । यसको आधारभुत अवधारणा तल्लो कक्षामा सिकाइने गरिन्छ । तर गणितको यहि आधारभुत अवधारणालाई छात्रछात्राले नबुझेको जनप्रभात मावि कालीमाटीका गणित शिक्षक भीमबहादुर थापा बताउँछन् । भन्छन् ूविद्यार्थी लम्बाइ र चौडाइमै अल्मलिन्छन् ।ू



शैक्षिक जनशक्ति विकास केन्द्रले गणित शिक्षकलाई दिने तालिमका प्रशिक्षक समेत रहिसकेको शिक्षा मन्त्रालयका उप-सचिव तुलसी थपिया भन्छन् । ूजसरी हामी चरणबद्ध रुपमा भर् याङ चढ्छौं त्यसैगरी गणित पनि चरणवद्ध रुपमा सिक्दै जाने हो । यदि शुरुमा गणितका आधारभुत ज्ञान सिक्न सकेनौं भने कहिल्यै पनि जान्न सकिन्नँ ।ू बीजगणितबाट एसएलसीमा लघुत्तम एचसीएफ सरलीकरण घातांक लगायतका प्रश्न सोध्ने गरिन्छ । त्यसको लागि तल्लो तहमा पढाइएको सूत्र र खण्डीकरणको महत्वपूर्ण भूमिका हुन्छ । ूबीजगणितमा अधिकतम सूत्र प्रमाणित गर्नतिर नलागी रट्न र घोक्न थाल्छनू थपलिया भन्छन् । त्यसो त समस्या ज्यामितिमा पनि छ । शिक्षक थापा भन्छन् ूज्यामिति प्रयोगात्मक विषय हो तर शिक्षकले आफैँ के प्रयोग गर्ने भन्ने बुझेका छैनन् । यो विषयमा त झन धेरै प्रयोग गरेर विद्यार्थीलाई प्रस्ट पार्नुपर्ने हो तर विद्यार्थीलाई ज्यामिति सबैभन्दा बढी कठिनको विषय बनेको छ ।ू उनको अनुभवमा गणित बुझाउन नसक्ने दुई खालका शिक्षक छन् । पहिलो आफु बुझ्ने तर विद्यार्थीलाई बुझाउन नसक्ने । दोस्रो शिक्षक आफै नबुझ्ने । तर उनी दोस्रोथरी शिक्षक नै बढी भएका दाबी गर्छन् । थापा भन्छन् घोकेर पास भएका विद्यार्थी नै अहिले शिक्षक भएका छन् । उनीहरुले पनि आफैँ गणितीय धारणा बुझेका हुँदैनन् । यस्ता शिक्षकले कसरी गणित बुझाउन सक्छन् ू



गणित अभ्यास गर्ने विषय भएका कारण विद्यार्थीले जति धेरै अभ्यास गर् यो त्यति धेरै सिक्न र बुझाउन सक्छ । तर गणित शिक्षक रामकृष्ण न्यौपानेको १० वर्षको शिक्षण अनुभवमा आम विद्यार्थीले गणितमा कम अभ्यास गर्ने गरेका छन् । ूशिक्षकले पढाएर बुझाए पनि अभ्यास कम गरेपछि विद्यार्थीको बानी बसाल्नुपर्छू उनको तर्क छ ।

शिक्षाविद् केदारभक्त माथेमाको नेतृत्वमा तीन वर्षअघि भएको एसएलसी अध्ययन प्रतिवेदनले पनि गुणस्तरयुक्त शिक्षकहरुको अनुमान विद्यार्थीको कमजोर शैक्षिक- प्राज्ञिक आधार र त्यसबाट सिर्जित कमजोरक्षमता प्रदर्शन मूल्याँकन र अभ्यासहरु कम मात्रमा गरिएकोले विद्यार्थीहरु बढी असफल भएको देखाएको छ ।



परिक्षा प्रणालीमा त्रुिट



एसएलसी परिक्षाम धेरै छात्रछात्रा असफल हुने कारणमध्ये प्रश्नपत्र निर्माण परिक्षा साचालन र उत्तरपुस्तिका परिक्षणमा त्रुटि पनि पर्दछन् । शिक्षक भीमबहादुर थापा भन्छन् ूपाठ्यक्रम विकास केन्द्रका एक पाठ्यक्रम अधिकृत भन्छन् ू पनिकाले पाठ्यक्रमसँग समन्वय नै गर्दैन । आफ्नै सुरमा प्रश्नपत्र बनाउँछन् । कमसेकम पाठ्यक्रम बनाउने कमिटीसँग छलफल त गर्नुपर्ने हो ।ू उनका अनुसार पाठ्यक्रम ढाँचा एउटा हुन्छ त्यसै अनुसारको निर्देशिका हुन्छ तर एसएलसी पश्नपत्र भने पाठ्यक्रम निर्देशिका अनुरुप सोधिँदैन ।



२०४७ सालदेखि नयाँ पाठ्यक्रम लागु गरिएपछि एसएलसीमा अंग्रेजी र गणित विषयमा दुइखाले प्रश्न सोध्न थालिएको छ । सेट ुएु सॆट ुबीु । यसबाट पनि परिक्षार्थी अन्योलमा परेको गणित शिक्षक भीमबहादुर थापा बताउँछन् । भन्छन्ू सरकारले परिक्षण स्वरुप भनेर सेट ुएु र ुबीु प्रश्नपत्र बनाएको थियो । यसमा सेट ुएु सजिलो भए सेट ुबीु ले छात्रछात्रालाई असजिलो पारेको छ । परिक्षणस्वरुप अंग्रेजी र गणितमा दुईथरी प्रश्नपत्र सोध्ने गरिएको छ । यदि यो अभ्यास प्रभावकारी भए निरन्तरता दिइने परीक्षा नियन्त्रण कार्यालयले जनाएको थियो । तर अहिलेसम्म यो प्रणाली कति प्रभावकारी भयो वा भएन भनेर अनुसन्धान गरिएको छैन ।



गणित विषय जाँचकीकै कारण पनि विद्यार्थीहरु बढी असफल भएको कुरा प्रायः उठ्ने गरेको छ । पैसाको लोभले गर्दा जाँचकीले उत्तरपुस्तिका जाँच्न लापरबाही गर्ने गरेका कारण धेरै विद्यार्थी असफल भएका एसएलसी उत्तरपुस्तिका मुख्य परिक्षक समेत रहेका शिक्षक भीमबहादुर थापाको आरोप छ । भन्छन् ूशिक्षकले जति धेरै कपी चेक गर् यो त्यति धेरै पैसा पाउँछन् । जसले गर्दा शिक्षकहरु गम्भीर भएर कपी चेक गर्दैनन् ।ू पनिकाले जाँचकीलाई प्रति उत्तरपुस्तिका १२ रुपैयाँ दिने गर्छ । ूसामान्यतया राम्रोसँग उत्तरपुस्तिका जाँच्ने हो भने दैनिक ५० देखि ६० वटा उत्तरपुस्तिका मात्रै एउटा परिक्षकले जाँच्न सक्छन् । तर अहिले दैनिक दुई सय वटा जाँच्ने गरिएको छ ।ू थापा भन्छन् । पाटन उच्च माविका गणित शिक्षक रामकृष्ण न्यौपाने भन्छन् ूशिक्षक एक दिनमा कसरी धेरैभन्दा उत्तरपुस्तिका जाँच गर्ने भन्नेतिर लागेका छन् ।