2008-08-28
आज बेग्लै उत्साह र उमङ्ग थियो मनमा । बिहानै हामी बानेश्वर चोकतिर निस्कियौंं । बाटोमा पर्ने ुशपु बहिनीको वेकरीमा चियापान गरी बानेश्वर पुग्दा ७ः३० भैसकेको थियो । कृष्ण भाइसँगको सामान्य भेटघाट अनि २४ ठाउँ फोन गरिसकेपछि हामी कोठा फर्किन हतार गर्दै थियौं । समयमै खानपीन गरी भृकुटीमण्डपको प्रदर्शनी हलमा भएको वृहत पुस्तक प्रदर्शनीमा पुग्नु हाम्रो उत्साहको लक्ष्य थियो । लेखक पाटक र प्रकाशकहरुलाई एकै थलोमा जमघट गराउने उद्देश्यका साथ हिजैदेखि शुरु भएको राष्ट्रिय शिक्षा तथा पुस्तक भेलाले आकर्षित गर्नु असान्दर्भिक पनि थिएन । तर तत्कालै विभिन्न भाइलाई एउटा संस्थाको मिटिङमा आमन्त्रण भएपछि १२ः०० बजे भृकुटीमण्डपमा नै भेटघाट गर्ने शर्तमा हामी छुट्टियौं ।
म कोठामा आएँ । एक्लै खानपीन तयार गर्न जाँगर चलेन । भर्खर ९ः०० बजेको थियो । १२ः०० बजाउन निश्चय नै मेरो लागि कठिन थियो । के गर्ने बाहिर निस्किएर पत्रिका लिएर आएँ ुकान्तिपुरु । तर खवर सवै सुनिसकेको थिएँ । म्यान्मारमा आँधी हिलारी र बाराक ओवामाको प्रसङ्ग संविधान सभाका वैठक सवै पुरानै लाग्यो मलाई । समय कटाउनै थियो मध्यपृष्ठको लेखहरु पढ्न थालें तर ध्यान गएन । अन्तिम पृष्ठले झनै मेरो उत्साहलाई बढायो । राजधानीमा भव्य पुस्तक केला भारतीय सिनेकर्मी देव आनन्दको फोटो सहितको लेख छापिएको थियो । बलिउडका चर्चित नायक देवानन्द सरिक हुने उक्त पुस्तक भेलाले झनै चर्चा परिचर्चा पाएको थियो । जसमा उहाँकै जीवनीमा आधारित आफ्नै पुस्तक ूरोमा_िन्सङ वीथ लाइफू समावेश थियो । जोनउडको ुमाइक्रोसफ्टदेखि बाहुन डाँडासम्मु डोरवहादुर विष्टको फ्याटालिज्म एण्ड डेभलपमेन्टु सँगै ुपल्पसा क्याफेु विद्यार्थी संस्करणमा मात्र १०० रुपैयाँमा उपलब्ध हुनाले पनि यस भेलाको आकर्षण बढेको थियो ।
लगभग ११ः३० मा म भृकुटीमण्डप पुगें । म पुग्दा विमल भाइ पहिल्यै नै पुगिसकेको रहेछ । उसको व्यग्रतालाई पनि सजिलै अनुमान लगाउन सकिन्थ्यो । पुरानै जक्सनमा बसेर हामीले चिया पिउँदै किन्नुपर्ने कितावहरुको वारेमा छलफल गर्ने निधो गर् यौं । पछिल्लो समयमा चर्चित ुलडाइँमा जनताु त गाउँमै सामुदायिक पुस्तकालयमा हेर्ने मौका पाइसकेका थियौं । तर अन्य केही किताव किन्दा पनि घटीमा १०००।- रुपैया जतिको आवश्यकता थियो । विद्यार्थी छुटमा मात्र १०।- रुपैया प्रवेश थियो ।
मैले सोधिहालें कति छ पैसा भाइ दुःखको कुरा विमल भाइसँग पैसा रहेनछ । मसँग पनि सीमित खर्च मात्र थियो । रमाइलो भनौं वा दुःख हामी एकअर्काको भरमा रहेछौं । एक अर्कासँग छ भन्ने भ्रममा नै हामी गएका रहेछौं । चिया पनि नमिठो लाग्यो हामीलाई । विहानैदेखिको उत्साह र व्यग्रता क्षणभरमै खरानी भैसकेको थियो । तत्काल कसैसँग सापट लिने कुरा पनि असम्भव थियो । एकछिन एकअर्कालाई हेरेर टोलाइरह्यौं । साँच्चिकै यतिखेर मैले पैसाको अभाव र महत्वलाई महशुस गरिरहेको थिएँ भने असजिलो पनि लागिरहेको थियो ।
आखिर जेठ ४ गतेसम्ममा कुनै दिन जाउँला भनेर हामीले चित्त बुझयौं । मनलाई सान्त्वना दिनु वाहेक हामीसँग अर्को विकल्प पनि थिएन ।संयोगवश त्यसैदिन नेपाल पर्यटन वोर्डमा ुजागृती समाजु नेपालद्वारा विशेष ुसाँस्कृतिक समारोहु को आयोजना गरिएको रहेछ । नव नेपाल निर्माणमा निजी क्षेत्र तथा सामाजिक संघ-संस्थाहरुको भूमिका विषयक अन्र्तकि्रया कार्यक्रम थियो । राष्ट्रिय जनजीवनका विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तिहरुको उपस्थिति तथा सम्मानको कार्यक्रम रहेको यस विशेष अवसरमा प्रमुख अतिथिको रुपमा वरिष्ठ माओवादी नेता क। कृष्णवहादुर महरा हुनुहुन्थ्यो । भाग्यवश विमल भाइसँग उक्त कार्यक्रमको दुईवटा निमन्त्रणा पत्र साथमा रहेकोले हामीले त्यहीं जाने निर्णय गर् यौं । हुन त त्यसैदिन राष्ट्रिय सभा गृहमा पनि सीपी लोहनी एवं माला सिन्हा लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरुसँगै काठमाडौं जिल्लावाट संविधानसभामा निर्वाचित सभासदहरुलाई सम्मान गरिने कार्यक्रममा थियो । जसमा राष्ट्रिय स्तरका गायक-गायीका अनि कलाकारहरुको पनि उल्लेखनिय सहभागिता थियो । तर हामीसँग त्यहाँ जान कुनै पनि पास अथवा निमन्त्रणा थिएन ।
आखिर नढाँटिकन भन्नुपर्दा यसले हाम्रो पिडालाई केही हद कम गरेकै थियो । दुई बजेपछि शुरुहुने भनिएको उक्त कार्यक्रमको लागि अझै दुई घण्टा कुर्नुबाहेक हामीसँग अर्को विकल्प थिएन । हामीले फेरी एक-एक कप चिया पिउने विचार गर् यौंं ।
सवै तयारी भैसकेको थियो । तर प्रमुख अतिथिज्यूको उपस्थितिमा ढिलाई भइरहेको हुँदा निर्धारित समयमा कार्यक्रम शुरु हुन सकिरहेको थिएन । ३ बजिसकेको थियो । आखिर लगभग ३ः३० वाट कार्यक्रम पनि शुरु भयो । तर विशेष कारणवश क। कृष्णवहादुर महराको सट्टामा क। सिपी गजुरेल आउनुभयो ।
नयाँ नेपाल निर्माणको लागि सवैजना मिलेर जानुपर्छ । सवैले आ-आफ्नो क्षेत्रवाट दिनुपर्ने योगदान तथा स्थानीय स्तरको लगानीलाई प्रोत्साहन दिनुपर्ने विभिन्न सामाजिक क्षेत्रमा आवद्ध व्यक्तित्व लगायत उद्यमी व्यवसायीहरुको विचारमा सहमती दिदै यस विषयमा सरकार अनि माओवादी सधै कटिवद्ध रहने क। सिपी गजुरेलको धारणाले विशेष महत्व राख्यो । अन्तिम कार्यक्रम अन्तर्गत शुरु भएको सांस्कृतिक समारोह पनि आकर्षक थियो । अपाङ्ग रोमा न्यौपानेको एउटा खुट्टाले गरिएको नृत्य अनि हाँस्य कलाकार रोहित कार्कीको कभडी नृत्य कार्यक्रमको आकर्षण रह्यो ।
बाहिर निस्कँदा ६ बजिसकेको थियो । बिहानको खाना नखाएकोले पनि भोक लाग्नु अश्वभाविक थिएन । तर न केही खाने जागर चल्यो न त गाडी चढ्ने नै । थोरै मनोराजन थोरै पीडा अनि थोरै भोकको नशामा हामी उही पुरानै वाटो पुतलीसडक अनामनगर हुँदै बानेश्वरको यात्रामा अगाडि बढ्यौं । - अच्यूत राज