वर्ष ०१ अंक ०३ २०६५ साउन

नालीवेली

पहिलो राष्ट्रपतिको


2008-08-28
गणतन्त्र नेपाल प्रथम राष्ट्रपति रामवरण यादवको जन्म वि। सं। १९९३ सालमा धनुषा जिल्लाको सपही गाउँको एक किसान मध्यम वर्गीय परिवारमा भएको हो । किसान परिवारमा जन्मिएका यादवको बाल्यकाल भैंसी गोठालाको रुपमा बित्यो । त्यसवेलाको बाल्यकालमा उनलाई ुरामाु भनेर सम्बोधन गरिन्थ्यो । गाउँका केटाहरुसँगै भैंसीमाथि चढेर गाउँवस्ती र खेत तथा चउरहरुमा डुलिरहन्थे । कुस्ति खेल्नमा रुचि राख्ने यादव गाउँकै सामाजिक कारण विद्यालय भने ढिला भर्ना भएका थिए ।

प्रायसिक तह उत्र्तीण गर्ने वित्तिकै उनको घरमा आगलागी भयो । घर डढेर धेरै सम्पत्ती नष्ट भएपछि उनीसहित तीनै छोरालाई विद्यालय जान रोक लाग्यो । तत्पश्चात उनले पुनः तीन वर्ष गोठालो जीवन नै विताउनु पर् यो । उनलाई फुस्रदका समयमा गाउँमै पण्डित ठाकुर प्रसादले अनौपचारिक शिक्षा दिन्थे । तीन वर्ष लामो ग्वाला जीवनपछि पण्डितकै करवलले उनी जनकपुरको सरस्वती माध्यमिक विद्यालयमा एकैपटक कक्षा ८ मा भर्ना भए । कक्षा ८ मा कक्षा टप गरेपछि उनी हरेक कक्षाको प्रथम हुदै अघि बढे ।

२०२० सालमा एस।एल।सी। परीक्षा पनि प्रथम श्रेणीमै उत्तीर्ण भए । त्यसपछि भने

वुवा यानी यादवले उनलाई ग्वाला जीवनवाट मुक्त गर्दै डाक्टर बनाउने घोषणा गरे ।

वुवाको सपना पुरा गर्न काठमाडौं आएका गाउँले ुरामाु वौद्धिक रामवरण यादमा परिणत भए । त्रिचन्द्र तथा अमृत साइन्स क्याम्पसवाट स्नातक उत्तीर्ण गरेपछि चिकित्सक बन्न उनी छात्रवृत्तिको खोजीमा लागे । भाग्यवश भारतको कलकता विश्वविद्यालयमा छात्रवृत्तिका लागि पि।पि। कोइरालाले व्यवस्था मिलाइदिए ।

चिकित्सक हुने सपना बोकेर जनकपुरमा महेन्द्र नारायण निधि सहिद सरोज कोइराला राम नारायण मिश्र तथा दुर्गानन्द झा जस्ता चर्चित राजनीतिज्ञहरुको संगत गरेको यादवमा कतिखेर राजनीतिको रस पस्यो उनलाई पत्तो नै भएन । २०३६ सालमा चिकित्सक भएर नेपाल फर्कदा यादव चिकित्सक कम राजनीतिकर्मी बढि भइसकेका थिए । जनकपुरमा चिकित्सक पेसा अपनाउदै उनले वहुदलका पक्षमा प्रचार गरे । वहुदल आयो तर उनले नेपाली काँग्रेसमा प्रवेश गरेर सकि्रय राजनीति प्रारम्भ गरे । तत्कालीन अवस्थामा विपी कोइराला क्यान्सर रोगी भएपछि उनको उपचार मात्र नभई विपीको समाजवादका वारेमा पनि राम्रोसँग बुझ्ने मौका पाए ।

त्यसयता कोइराला क्याम्पसका ठुला विश्वासपात्र बनेका यादव नेपाली काँग्रेसका केन्द्रीय सदस्य सहमहामंत्री तथा महामन्त्रीसम्म वने । गोठालोवाट चिकित्सक चिकित्सकवाट सांसद तथा स्वास्थ्यमन्त्री वनेका यादव अहिले राष्ट्रपति भई शीतल निवास पुगेका छन् । नेपाली सेनामा मधेसीको न्यून सहभागिता रहेको गुनासो आइरहेका वेला तयारी सेनाको परमाधिपतिका रुपमा देशले मधेसी राष्ट्रपति पाएको छ । बग्गीमा शहर परिक्रमा गराउँदा उनलाई नगरवासीले जनताको छोरो नेपालको उच्च तहमा पुगेकोमा वधाई दिए । ूमेरो पहिलो काम राष्ट्रिय अखण्डताको रक्षा गर्नु हो ।"राष्ट्रपति चुनिए लगतै पत्रकारहरुसँग यादवले भने ूसवैलाई मिलाएर नयाँ संविधान बनाउनु हाम्रो दायित्व हो ।"

विपी कोइरालालाई आफ्नो आदर्श मान्ने यादव विपी स्मृति दिवसकै दिन राष्ट्रपतिमा निर्वाचित भएका हुन् । सायद यो संयोग मात्र हो । राष्ट्रपतिमा निर्वाचित भएको औपचारिक घोषणापछि उनले पशुपती नाथको दर्शन गरे । त्यसअघि वालुवाटार पुगेका यादव तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाबाट शुभकामना तथा आशिर्वाद लिए । यसलाई कतिपयले अनर्थ पनि लगाएका छन् ।

रामवरण यादव जटिल परिस्थितिमा राष्ट्रपति बनेका छन् । राष्ट्रपतिको गरिमा कायम गर्न यादवले आफ्नो पार्टी राजनीति कार्यकर्ताको घेराभन्दा माथि उठेर सम्पूर्ण मुलुकवासीको हितमा काम गर्नु अनिवार्य छ । यादवका पुराना पहिचान मध्ये राष्ट्रिय राजनीतिमा भए पनि यादवले तराईको प्रतिनिधित्व गर्छन् भन्ने हो । नेपाली काँग्रेसका नेता भए पनि उनलाई गिरिजाप्रसाद कोइरालाको इसारामा मात्र चल्न सक्ने भन्ने आरोप पनि लागेको छ ।

मेधेशी भए पनि मधेश विरोधी नेताका रुपमा चिनिन्छन् उनी । त्यहिकारण कतिपय मधेशी दल तथा समूह उनीसँग स्पष्ट छन् । आफ्नो अडान मधेस विरोधी नभई राष्ट्रियताका लागि हो भन्ने बुझाउनु उनको लागि अर्को चुनैती हो । खरो तथा स्पष्ट बोल्ने यादव छिट्टो रिसाउने स्वभावका छन् ।

गणतन्त्र नेपालमा प्रथम नागरिक राष्ट्रपतिको इतिहास जे भए पनि अव सिङ्गो राष्ट्रका लागि कार्य गर्नु उनको दायित्व हो । अनेकन चुनौतीको सामना गर्दै मुलुकवाट दिगो शान्ति र अमनचयनको वाटोमा दोहोर् याउन लाग्नै पछै ।