वर्ष ०१ अंक ०३ २०६५ साउन

माक्स्रवादी दर्शन………………॥


2008-08-28
राज्यसत्ताको विषयमा पहिले देखिनै धेरै किसिमका विद्धानहरुले धेरै थरिका कुरा भन्दै आएका छन् । राज्यसत्ताको जन्म यसको स्वाभाव आकृति र मृत्यूबारे मानिसहरुको ठूलो मतभेद छ । यसरी मतभेद हुनुको कारण पनि के हो भने सबैको मन चंगा हुँदैन । कसैले के ताकेर बोलेका हुन्छन् कसैले के ताकेर बोलेका हुन्छन् । अनि कोही चािहं गहिरो कुरा ठम्याउन नसकी त्यसै टपर्टुइँया पण्डित हुन खोजेर कुरो वराल्ने हुन्छन् । त्यस्तै अनेक कारणले गर्दा राज्यसत्ताको विषय पनि थुप्रै झूटा र साँचा कुराहरुको छासमिस भएको छ । त्यसैले झूटोबाट साँचो कुरा फेला पार्न र यही सही हो भनेर किटान गर्न सक्ने हुन राज्य सक्ताको जन्म जन्मिदाको अवस्था अहिलेसम्म यसले गर्दै आएका कामहरु र यस विषयका विद्धानहरुले भनेका कुराहरुको अध्ययन र मनन गर्नु पर्ने हुन्छ । ुझर्को लागदो विषयु भनेर छाडिदिनु आफ्नै घाँटी रेट्नु समान हो । प्रत्येक नागरिकले यो राम्ररी बुझ्नै पर्दछ किनभने पति पत्निले एक अर्कोलाई छाड्न सक्दछन् छोराछोरी बुबाआमा छुट्टिन्छन् नोकरी छाड्न पाइन्छ । तर राज्यको कानून हुकुम र बन्दोवस्त भने जहिले पनि टाउका माथि नाचिरहेकै हुन्छ । जहाँसुकैका जोसुकैले जहिलेसुकै पनि अहिले राज्यको अधिनमै बस्नु परिराखेको छ त्यसको राम्रो आँत भेउ पाउनु परेन फेरी आफूबाहेक अरु लाखौं करोडौ मानिसहरु छन् । राज्इले सबैलाई समान व्यवहार गर्दछ या यतिका खालखालका मानिसका कसैको पक्ष लिएर कि १ एक दिन दुई दिन भए पनि आँखै चिम्लौं है त भन्नु । यहाँ त नातिपनातिका पालासम्म पनि राज्यको अधिनमा बस्नै पर्दछ । त्यसकारण राज्यसत्ता बारे सब नालीबेली थाहा पाउन बल गरिएन भने हामीबाट आफू बाँचुाचेल कमारा कमारी बनेर छोरा नातिसम्मलाई अन्धकारमा डुवाउने भीषण अपराध हुन के बेर ।

यहाँ राज्यसत्ताबारे सबै कुरा लेखेर छर्लङ्ग पार्नु त संभव छैन । यस अध्यायमा महान् सिद्धान्तकार मानव-मुक्तिका अगुवा माक्स्र एंगेल्स लेनिन र माओ-त्यो-तंुग समेतका विचार तथा व्यवहारका आधारमा राज्यसत्ताका केही मुख्य कुराहरुको चर्चा गरिन्छ ।

राज्यसत्ता भनेको के हो कुनै पनि चीजलाई भट्ट चिन्नु पर्दा हामी त्यसको बाहिरी अंग स्वाभव आदिबाट चिन्दछौं । जस्तै मानिस भन्नाले टाउको हात खुट्टा भएको हिड्ने बोल्ने जन्तु बुझिन्छ । त्यसैगरी राज्यसत्ताका पनि सर्वोच्च शासक मन्त्री र अरु सम्पूर्ण ठूला साना पदाधिकारीहरु अड्डा-अदालत झयालखाना हतियारधारी फौज पुलिस आदि सरकारको हुकुम बजाउने दलहरु र संस्थाहरु हुन्छन् । यिनै सम्पूर्ण अंगहरुको एकमुष्ट जोडलाई नै राज्यसत्ता भनिन्छ । यी मध्यृ पनि हतिरयारधारी फौज नै राज्यसत्ताको प्रमुख अंग हो मुटु हो किनभने िहंसा र आतंकको साधन विना राज्यसत्ता नै रहँदैन । त्यसकारण कसैले राज्यसत्ता साह््रै सुक्ष्म बस्तु हो यसलाई जोसुकै ठम्याउनै सक्दैन भन्यो भने त्यो झुक्याउन खोजेको हो भनी जान्नुपर्दछ ।

राज्यले आफ्ना विभिन्न अंगहरुको पालन पोषण गर्न जनताबाट थरिथरिका पोत र कर असुल गर्दछ कानूनहरु बनाउँदछ पास गर्दछ लागु गर्दछ र चालु व्यवस्थालाई कामय राख्दछ । हामीले थाहा पाई आए अनुसार राज्यले देशका सबै जनतामाथि बरावरी व्यवहार गर्दछ । तर यो दावी सत्य होइन र हुन सक्दैन पनि । किनभने हाम्रो समाजमा कमाइ र उपभोगका अनुसार समपूर्ण मानिसहरुलाई मुख्य दुई भागमा बाँड्न सकिन्छ । उक खालका आफै मिहिनेत गरेर पाखुरा बजाएर जीविका चलाउने छन् । ती किसान मजदुरहरु हुन् । क्रमशः…………………………।