वर्ष ०१ अंक ०३ २०६५ साउन

युवा विद्यार्थी र राजनीित


2008-08-28
नयाँ ज्ञान सीप सृजना विवेक इत्यादी चेतनाले सुसज्ति सचेत समुदायका व्यक्तिहरु नै विद्यार्थी हुन् । विद्यार्थीहरुले हरेक सकारात्मक र नकारात्मक विषयवस्तुलाई सहज ढंगमा छुट्याउँदै सचेत समुदायको स्थापना गर्नमा सहयोग पुर् याउन सक्छन् । अर्थात विद्यार्थीहरु सधैं गतिशील कि्रयाशील प्रगतिशील विवेकशील अनुशासित र चिन्तनशील हुदुपर्दछ । जसमा सभ्य जीवन विताउने र सुन्दर समाज निर्माण गर्ने क्षमता रहेको हुन्छ । युवा विद्यार्थीहरुले समाजमा देखिएको तमाम खाले समस्याहरु समाधान गर्न संवेदनशील बन्नुपर्छ । संवेदनशीलताले चिन्तनशीलताको मार्गदर्शन गर्दछ । चिन्तनशीलताले फेरी विवेकशीलताको मार्गदर्शन गर्दछ । प्रयत्नशीलताले नयाँ समाजको सुनौलो विहानी भित्रन्छ । त्यसैले युवा विद्यार्थी चेतनाको उज्वल तारा हुन् इतिहासका ज्ञाता मात्र होइनन् नयाँ इतिहासका निर्माता पनि हुन । युवा विद्यार्थीहरु समाजको आशा र भरोसाका केन्द्रविन्दु हुन् ।

राजनीति भनेको राज्यसँग सम्बन्धित छ । एक शब्दमा भन्नु पर्दा राजनीति नीतिहरुको राज्य हो । राजनीतिले नै राज्यको लागि आवश्यक पर्ने शैक्षिक आर्थिक अन्तर्राष्ट्रिय साँस्कृतिक एवं समग्र नीतिको निर्माण गर्दछ । यस्तो महत्वपूर्ण अभिभारा सम्हाल्ने राजनीति आफैमा सबैभन्दा बढी सवल दुरदर्शी अनुशासित र विश्वासिलो बन्नु जरुरी हुन्छ । राजनीति प्रति जतिसुकै घृणा र वितृष्णा फैलाएपनि कुनै पनि राज्य र समाज यसको अभावमा सहि दिशामा अघि बढ्न सक्दैन । समाजको विकास केवल हाम्रो सोचाई योजना तथा गति अनुसार मात्र अघि बढ्न सक्दैन । यो आफ्नै गतिमा पनि अघि बढ्छ भन्ने सत्यतालाई युवा विद्यार्थीले बुझ्नु जरुरी हुन्छ । यदि सत्यता हो भने के राजनीति राजनीतिक दल तथा नेतृत्वको आलोचना गर्दैमा हामीले हाम्रो कर्तव्य पूरा गरेको ठहरिन्छ । जबकी राजनीतिले नै समाज सहि अर्थमा परिवर्तन गर्न महत्वपूर्ण भूमिका खेलेको हुन्छ । समाजमा रहेको कुरिती विसंगति भेदभाव अन्याय अत्याचार टुलुटुलु हेरेर वस्नाले युवा विद्यार्थीको आफ्नो जीवन सँधैसँधै व्यक्तिगत भविष्य र सामाजिक जीवन पनि अन्धकारको भूमरीमा डुब्न पुग्दछ भन्ने सोच र ज्ञान हुनु वर्तमान समयमा पर्छ कि पर्दैन यस्ता खाले सामाजिम विभेदीकरण अन्त्य गर्न सचेत युवा विद्यार्थीले आजै देखि आलोचना विरोध गर्नुपर्छ कि पर्दैन यस किसिमको राजनीतिक यथार्थलाई युवा विद्यार्थीहरुले बुझ्नु आवश्यक पर्दछ । आजका विद्यार्थी भविष्यका राष्ट्रका कर्णधार हुन् । युवा विद्यार्थीहरु उमेर र चेतनाको हिसावले अरु समुदाय र वर्गको भन्दा बढी उर्वर र सचेत हुन्छन् ।



राज्यको परिवर्तनको शक्तिको आधारमा विश्लेषण गर्दा संगठित जमात र एउटै पस्ताका बीचमा लगभग समान धारणा हुने हुनाले शासक्त कदम र एकीकृत सोचका साथ अघि बढ्न युवा विद्यार्थीहर सक्दछन् । राजनिित समाजको सेवाको सबैभन्दा महत्वपूर्ण पाटो हो । राजनीतिलाई केबल पद प्राप्ती र लाभको क्षेत्रका रुपमा विकास गर्नु यस प्रतिको घृणालाई बढाउन मात्र हो । विद्यार्थी समुदाय सदेव अनुशासित असल सस्कार र न्यायको पक्षमा उभिने शक्ति हो । तसर्थ निस्वार्थ राष्ट्रसेवाको भावनाबाट ओतप्रोत बनाउँदै राजनीतिलाई सहि दिशामा राखिराख्नका लागि पनि विद्यार्थी समुदायको चेनताले भरिपुर्ण मानव जीवनलाई अर्थपुर्ण सदुपयोग गर्ने राष्ट्र निर्माणको महान अभियानमा आफ्नो ठाउँबाट अधिकार प्राप्तीको निमित्त शक्ति र क्षमता अनुसारको योगदान दिनका लागि समेत विद्यार्थी राजनीतिको महत्वपुर्ण भूमिका हुन्छ । स्वार्थी र पथभ्रष्ट बन्दै गएको राजनीति र विग्रदै गएको संस्कृसतबाट जोगाउन पनि युवा विद्यार्थी राजनीतिबाट बेखवर कदापि हुनुहुदैन । विद्यार्थी समुदाय प्राय सदैव निस्वार्थ हुन्छ । विद्यार्थी वर्गले ठिक बेठिक योग्य÷अयोग्य सजिलै छुट्याउन सक्दछन् । विद्यार्थी समुदायलाई कुनै व्यक्तिगत लेनदेनसँग मतलब नहुने हुनाले राजनीतिमा देखा परेको विकृति र विसँगतिमाथि सिधै विरोध गर्न सक्छन् । यसर्थ युवा विद्यार्थीले समाज र राज्यको आमूल परिवर्तनको निमित्त सुन्दर भविष्यको परिकल्पनालाई साकार पार्नका निमित्त राजनीति प्रति सचेत एवं जागरुक हुन नितान्तै आवश्यक पर्दछ ।

युवा विद्यार्थीको राजनीतिलाई अहिले जुन रुपमा आम समुदायले हेरिरहेको छ । त्यसका पछाडी केवल जनताको चेतनामात्र दोषी छन् यसमा सकि्रय सहभागी भएर विकृति बढाउनेहरु पनि दोषी छन् । तसर्थ नैतिक मूल्य र मान्यतामा आधारित मानवअधिकार सम्पन्न समुन्नत समाज निर्माणका लागि युवा विद्यार्थी राजनीतिले विशेष ध्यान पुर् याउन पर्दछ । विद्यार्थी राजनीतिमा गलत चिजको हावी हुन नदिनका लागि बेलैमा सबैले सचेत हुनु आजको आवश्यकता हो भन्ने मेरो निष्कर्ष छ ।