शैक्षिक जनशक्ति विकास केन्द्रका उपनिर्देशक विश्वनाथ कर्माचार्यसँगको कुराकानी
- तपाईहरु शिक्षक तालिम साचालन गर्नुहुन्छ तर तालिमप्राप्त शिक्षकले कक्षाकोठामा त्यसलाई लागू गरेको पाइँदैन नि
-शिक्षक तालिममा सिकाइएका विधिको उपयोग नभएकै कारण तालिमको औचित्यमा प्रश्न उठेको छ । शिक्षकले तालिमबाट आधुनिक शिक्षण विधिका धेरै कुरा सिकेका छन् बुझेका छन् तर त्यसलाई इमान्दारीपूर्वक कक्षाकोठामा लागू गर्दैनन् । अधिकांश शिक्षकमा सिकेको ज्ञान र सीप लागू गर्ने तत्परता र इच्छाशक्ति छैन । हामीले शिक्षकलाई ज्ञान र सीप दियौं तर तिनलाई जगाउन सकेनौं ।
- शिक्षण कलामा सुधार आउन नसक्नुको कारण के हो त
-सर्वप्रथम शिक्षक छनौट नै त्रुटिपूर्ण छ । शिक्षण पेशा लामो समयसम्म जागिर नपाएका मानिस आउने थलो बन्यो भर्ति केन्द्र बन्यो । राम्रा मान्छे होइन हाम्रा मान्छेलाई शिक्षक बनाइयो । शिक्षकले पढाए वा नपढाएको हेर्ने निकायहरुको भूमिका कमजोर छ । हाम्रो तालिम पनि युरोप र अमेरिकाको जस्तो छ जुन हाम्रो वास्तविकतासँग मेल खाँदैन । नियमित कक्षा अवलोकन हुँदैन यसले पनि शिक्षकमा जसरी पढाए पनि हुन्छ भन्ने भावना विकास गरेको छ । कक्षामा राम्रोसँग पढाइ नहुनुमा संकायको प्रवृत्ति पनि जिम्मेवार छ ।
- तर शिक्षकहरु त भौतिक संरचना र दरबन्दीको अभावले तालिममा सिकेको विधि प्रयोग गर्न सकिएन भन्छन् नि
-सरकारले दरबन्दी मिलान गर्नुपर्छ र विद्यालयको भौतिक संरचना निर्माण गर्नुपर्छ । तर शिक्षकले यसलाई नै बहाना बनाएर तालिममा सिकेका कुरा कक्षाकोठामा उपयोग गर्न सकिएन भन्नु तिनको अयोग्यता हो किनकि तालिमले राम्रो गर्ने तरिका सिकाउँछ तालिम लिएका शिक्षकले जस्तै अवस्थामा पनि राम्रो गर्न सक्नुपर्छ । तालिम लिएका शिक्षकले त्यसलाई कक्षाकोठामा प्रयोग गर्न सक्दिनँ भन्न मिल्दैन । तालिममा सिकेका थोरै कुरा पनि लागू गरेमा अहिलेको भन्दा धेरै राम्रो परिणाम आउने निश्चित छ ।
- शिक्षकलाई सिकेको विधि कक्षाकोठामा लागू गर्न बाध्य पार्ने के उपाय छ त
-हाम्रा सार्वजनिक विद्यालयमा प्रअ।sाे भूमिका प्रभावकारी छैन । शिक्षकले हेडमास्टरलाई हल्लाएका छन् । हेडमास्टरले शिक्षकलाई हल्लाउनुपर्ने हो । हेडमास्टरको भूमिका जबकि गुणस्तरीय शिक्षणका निम्ति महत्वपूर्ण हुन्छ । निजी स्कूल एक जना प्र।अ।sाे भरमा चलेको छ । ूराम्रा मान्छे होइन हाम्रा मान्छेलाई शिक्षक बनाइयो शिक्षक छनौट त्रुटिपूर्ण भयो यसले कक्षाकोठाको पढाइलाई सुधार गर्न सकेन ।ू जनजागरण उमावि हर्षाहीका प्रअ कुलमणि आचार्य विषय नमिले पनि जागिर ख्वाउने प्रवृत्तिले पनि दक्ष व्यक्तिलाई शिक्षण पेशामा आकर्षित गर्न बाधा पुर् याएको बताउँछन् ।