2008-08-28
एसएलसीपछि कुन संकायका भर्ना हुने भन्ने कुराको निर्णय गर्नु जटिल कुरा हो । यद्यपि विद्यालयस्तरको पाठ्यक्रममा गणित विज्ञान नेपाली अंग्रेजी सामाजिक शिक्षा आदि सवै विषय पढ्नैपर्ने बाध्यता हुनेमा आफूलाई मन पर्ने कुनै एउटा विषय रोजे पाइने भएकाले धेरै विकल्प छ । एसएलसी उत्तीर्ण गरेको विद्यार्थीहरुले आफूलाई कुल विषयमा बढी रुचि र केही गर्न पनि सक्छु भन्ने आँट छ त्यस्तो विषयमा बुझ्नु पढ्नु अनि विज्ञहरुसँग सरसल्लाह लिनु उत्तम हुन्छ ।
शिक्षणलाई पेसा बनाउन चाहेनहरुका लागि शिक्षाशास्त्र संकाय एउटा राम्रो विकल्प हो । आधारभूत शिक्षाालई भौतिक हकका रुपमा राख्न थालिएका पृष्ठभूमिमा राज्यले शिक्षाको ग्यारेन्टी गर्नुपर्ने भएकाले शिक्षाशास्त्र संकायको लोकपि्रयता बढ्ने निश्चितप्रायः छ । पछिल्लो समयमा खासगरी विद्यालयहरुमा शिक्षण पेसा अपनाउन शिक्षाशास्त्र संकाय नै पढेको हुनुपर्ने वा अनिवार्य तालिम लिएको हुनुपर्ने सरकारी निर्णयले यो संकायको महत्व बढाएको छ । आइ।एड। वा प्लस टु बी।एड। एम।एड। र एम। फिल सम्म नेपालमा नै पढाई हुने शिक्षाशास्त्र संकायमा गणित अंग्रेजी विज्ञान नेपाली इतिहास अर्थशास्त्र आदि महत्वपूर्ण विषयमा विशिष्टीकरणको व्यवस्था समेत छ ।
शिक्षण पनि एउटा कला भएकाले कुनै पनि कुरालाई राम्रोसँग प्रस्ट्याउन सक्ने धैर्यता भएको र निरन्तर अध्ययन गर्न मन हुनेहरुले शिक्षाशासत्र संकाय रोज्नु फलदायी हुनछ । जागिर त्यसमा पनि घरपाएकका लागि बढी सम्भावना भएकाले धेरैले शिक्षाशास्त्र संकाय रोजेको देखिन्छ जुन अनुचित होइन । पछिल्लो समयमा सरकारले शिक्षक नियुक्तिका लागि विद्यालय व्यवस्थापन समितिलाई सर्वाधिकार दिदै स्थानीय व्यक्तिलाई शिक्षक नियुक्त गर्ने बाटो पनि खोलेको छ । स्थानीय समक्ष व्यक्तिलाई शिक्षक नियुक्त गर्दा पठन-पाठन राम्रो हुने तर्कका आधारमा ल्याएको यो निर्णय स्तुत्य नै मान्नुपर्छ । विहान बेलुकाको समय अध्ययन घरपरिवार वा निजी काममा लगाउन पाइने भएकाले पनि शिक्षाशास्त्र संकाय पाढ्नेहरुको भविष्य सुन्दर देखिन्छ । किनकि पढाई जागिर भन्ने कुरा त छदैछ साथसाथै परिवारको सामीप्यता पनि नभै नहुने कुरा हो । यसका लागि सवैभन्दा अनुकूल पेसा शिक्षाशास्त्र संकायको अध्ययनवाट प्राप्त गर्न सकिन्छ । अझ विश्वविद्यालय स्तरमा पढाउने प्राध्यापकहरुले एक वा बढीमा दुई विषय मात्र पढाई हुने र बाँकी बीस-बाइस घण्टा उत्पादनशील काममा लगाउन सक्ने सम्भावना रहन्छ । विद्यार्थीहरुको बढ्दो चापसँगै पाठ्यपुस्तक लेखनवाट पनि शिक्षकहरुले मनग्गे आर्जन गरिरहेका छन् ।
विदेशमा अत्यन्त सम्मानित पेसाका रुपमा रहेको शिक्षण पेसा नेपालमा भने खासै आकर्षक पेसा बन्न सकिरहेको छैन । सरकारको अदुरदर्शी नीति अनि अन्त जागिर नपाएमात्र शिक्षक बन्ने गलत मानसिकताका कारण यो पेसाले आफ्नो प्रभाव जमाउन सकेको छैन । अरबौको लगानी अनि बजेटको महत्वपूर्ण हिस्सा शिक्षा क्षेत्रका लागि छुट्याइएको भए पनि सोचेअनुरुपको प्रतिफल प्राप्त गर्न सकिएको छैन । यसवाट मुक्ति पाउन सरकारले शिक्षाविद्हरु सँगको सरसल्लाहबाट सही शिक्षानीति निर्माण गरेर अघि बढ्नु अत्यावश्यक भैसकेको छ । यसैगरी शिक्षण पेसा अपनाइ रहेकोले पनि यो पेसालाइँ सम्मानित बनाउन पहल गर्नु आवश्यक भैसकेको छ । विद्यालय तथा कलेज नियमित रुपमा गएर आपुू दिइएको जिम्मेवारी पूरा गर्ने स्वच्छ शैक्षिक वातावरण निर्माण गर्न वातावरण मिलान हो भने लाखौ विद्यार्थीको भविष्य सुनिश्चित भै सारा राष्ट्र नै लाभान्वित हुनेछ ।
यसै क्रममा सरकारले यही वर्षदेखि स्नाकोत्तर पढेका विद्यार्थीहरुलाई पढेका विद्यार्थीहरुलाई तलव सुविधासहित गाउँ-गाउँमा पठाएर उनीहरुलाई प्रयोगात्मक एवं व्यावहारिक ज्ञान प्रदान गर्ने सोच अघि सारेको छ जसले केही राम्रो संकेत दिएका छ । यदि यो नीतिलाई कार्यान्वयन गर्न सकियो भने गाउँ-गाउँमा विद्यमान शिक्षक अभाव त हट्नेछ नै साथसाथै हातमा सीप भएर पनि वेरोजगार भै वस्नुपर्ने बाध्यतावाट केहीले भए पनि राहत पाउनेछन् । समग्र भन्नुपर्दा शिक्षणलाई आफ्नो पेसा बनाउन चाहनेहरुका लागि शिक्षाशास्त्र संकाय एउटा उत्तम विकल्प हो भने स्वदेश तथा विदेशमा समेत रोजगारीका अवसरहरु रहेकाले यसको भविष्य पनि सुन्दर छ ।