वर्ष ०१ अंक ०३ २०६५ साउन

शिक्षा
लोकतान्त्रिक राजनीतिको चपेटामा


2008-08-28
विगतदेखि वर्तमानसम्म नै राजनीतिक घट्नाक्रमसँगै जोडिएर आउने गरेको छ - शिक्षा । सधै नकारात्मक प्रभाव पर्नेगरी मात्र । राजनीति गर्ने थलोको रुपमा विकास हुँदैछन् शिक्षण संस्थाहरु । विद्यार्थीलाई घोडा बनाएर कुसर्ी हत्याउन उद्धत छन् यहाँका नेताहरु । शिक्षा नीति र शैक्षिक परिष्कारका कुरा गर्नेहरुका लागि माच र लेख्न कागजको अभाव छ यहाँ । तर वास्तविकता र व्यवहारिक पक्षलाई हेर्ने हो भने शैक्षिक गुणस्तरमा दिनानुदिन र् हास आइरहेको छ । उत्तीर्ण संख्या बढाउने होडमा अव्यवहारिक र अवैज्ञानिक शिक्षा साचार गरिरहेका छन् यहाँ । शिक्षा सम्वन्धि जतिसुकै प्रभावकारी कानुन निर्माण गरिएपनि नीति बनाए पनि नियमावली ल्याएता पनि ती सवै सम्वन्धित निकायका रद्दीको टोकरीमा पुग्छन्- व्यवहारिक पक्ष भने शुन्य ।

शैक्षिक गुणस्तर वृद्धिका लागि शिक्षकहरुका लागि दिइने तालिम पनि व्यवहारिक छैनन् अनि कसरी दिन्छन् त्यस्ता शिक्षकहरुले व्यवहारिक शिक्षा चालिस वर्ष अगाडिका पुरानै ढर्राको सोच भएका र विचार पनि खुइलिसकेका अशक्त शिक्षकहरुले कसरी दिन सक्छन् आधुनिक नयाँ नेपालमा वैज्ञानिक र व्यवहारिक शिक्षा शिक्षा प्रणाली नै हेर्नुस त ! चार दशक अगाडिको पाठ्यक्रम नै रटाइदैछ यहाँ । परीक्षा प्रणाली हेर्नेहो भने पनि उदेक लाग्दो छ । डोल्पाका विद्यार्थीले परीक्षा दिने प्रश्न पत्र र काठमाडौंका सेन्ट जेभियस्रका विद्यार्थीले परीक्षा दिने प्रश्न पत्र एउटै वर्गका हुन्छन् । भौतिक अवस्था हेर्ने हो भने कति उदेक लाग्दो जीर्ण र विभत्स छ डोल्पाको अनि काठमाडौंका वद्यार्थीहरु एयर कण्डिशनवाला रुममा कम्प्यूटरसँगै क्लास लिने गर्दछन् । साच्चै कति असमान छ यहाँ शिक्षा र परीक्षा प्रणालीमा अनि भौतिक सुख सुविधामा । खुवै जनावादी र वैज्ञानिक शिक्षाको विषयमा वकालत गर्ने माओवादी पनि अहिले राज्यको प्रमुख ठुलो राजनीतिक दल बनेको छ यद्यपी उसले पनि अहिलेसम्म भाषण र घोषणा पत्रमा बाहेक अन्य कुनै पनि शैक्षिक क्षेत्रमा उल्लेख्य योगदान पुर् याएको छैन ।

माओवादीको १२ वर्ष लामो सशस्त्र जनयुद्धका क्रममा कति विद्यालयहरु ध्वस्त भए कति शिक्षकको हत्या र अपहरण भयो कति विद्यार्थी हताहत भए - यसको कुनै लेखाजोखा छैन । त्यतिवेला ध्वस्त भएका विद्यालयहरुको अझैसम्म मर्मत तथा पुर्ननिर्माण भएको छैन । अनि कुरामात्रै गरेर हुन्छ - व्यवहारिक र वैज्ञानिक शिक्षा

अव त देशले राजनीतिक हिसावमा अग्रगामी फड्को मारिसकेको छ । हो हरेक कुरालाई राजनीतिले प्रभाव पार्छ यसो भन्दैमा देशका अन्य सवै क्षेत्रहरुलाई ओझेलमा राखेर राजनीतिक चक्करमा मात्रै मस्त हुनु कुन हदसम्मको राजनीतिक संस्कार हो - यो देशको । शिक्षा जस्तो गम्भिर जटिल र सम्वेदनशील क्षेत्रमा समेत आवश्यक चासो दिन सकेको छैन - राज्यले । मात्र राजनीतिमा प्रयोग हुँदै आएको शिक्षा । प्रयोग र पुनःप्रयोगको राजनीतिक संस्कारले ग्रस्त छ शिक्षा क्षेत्र पनि । अव अझै पनि शिक्षालाई आधुनिकिकरण नगरी अगाडी बढ्न खोज्ने हो भने अवको केहि दशक पछाडी देश निकै गम्भिर संकटमा पर्न सक्ने शिक्षा तथा राजनीतिक विज्ञहरु बताउछन् ।

दिनानुदिन शैक्षिक बेरोजगारको संख्या बढ्दो छ । शैक्षिक बेरोजगारहरु वैदेशिक रोजगारका लागि देश छोड्न बाध्य छन् । यसरी शैक्षिक जनशक्ति पलायन हुने क्रमले तीब्रता पाउदै जाने हो भने केहि दशकपछि यो देशले कस्तो हभिगत भोग्नु पर्ला यसको दोष यी कथित राजनीतिक दलहरुले लिनैपर्छ । दुःख लाग्छ - शैक्षिक संघसंस्थाहरु बेरोजगार उत्पादन गर्ने फ्याक्ट्रीको रुपमा परिणत भएको देख्दा ।

हो राजनीतिक हिसावले देशले काँचुली फेरेको छ । यो पक्कै पनि सकारात्मक कुरा हो । मुलुकको आर्थिक सामाजिक तथा शैक्षिक क्षेत्रको विकास विना मुलुकले सर्वाङ्गिण रुपमा काचुली फेर्न सक्दैन । त्यसैले अव राजनैतिक मामलामा मात्र अल्झिएर नबसी शैक्षिक लगायत समाजका सम्पूर्ण क्षेत्रको विकासका लागि सवै मिलेर अगाडि बढ्ने पो हो कि !