वर्ष ०१ अंक ०३ २०६५ साउन

उप-राष्ट्रपतिको हिन्दी मोह


2008-08-28
लामो राजनैतिक अभ्यास पछि देशले प्रथम राष्ट्रपति पाएको छ । नेपालीको पहिलो राष्ट्रपतिको रुपमा डा। रामवरण यादव हुनुहुन्छ भने उप-राष्ट्रपति हुन सफल हुनुहुन्छ - परमानन्द झा । गणतान्त्रिक नेपालको प्रथम राष्ट्रपति डा। यदवले नेपाली काँग्रेसको तर्फवाट अनि उप-राष्ट्रपति झाले मधेसी जनअधिकार फोरमबाट उमेद्वारी दिनु भएको थियो । यसरी एकातर्फ गणतन्त्रको विधिवत कार्यान्वयन भएको छ भने अर्कोतर्फ वर्षौदेखि किनारावत रहेको मधेशी समुदायका दुई नागरिक सर्वोच्च गरिमामय पदमा पुगेका छन् । तर जव कोही राष्ट्रको सर्वोच्च शिरवरण गर्छ त्यतिखेर उ आफ्नो सीमित समुदायको मात्र रहदैन । निर्वाचित राष्ट्रपति तथा उपराष्ट्रपति सिङ्गो राष्ट्रको आशा र भरोसाको केन्द्र हो । सवै वर्ग क्षेत्र अनि समुदायको जनताले आफ्नो संवैधानिक संरक्षण र सम्मानको प्रत्याभूति ऊवाट गर्न पाउनु पर्छ ।

तर प्रसङ्ग उपराष्ट्रपति परमानन्द झाको हो । पद र गोपनियताको शपथ लिने क्रममा उपराष्ट्रपति झाले हिन्दी भाषा प्रयोग गर्नु निश्चय नै असंवैद्यानिक अनि गैर जिम्मेवारीपूर्ण रहेको छ । राष्ट्रपतिले शपथ गराउने प्रावधान अनुरुप नेपाली भाषामा बोलिएको शव्दहरुलाई झाले हिन्दी भाषामा उल्था गर्नुभएको थियो । यसरी राष्ट्र र राष्ट्रियता माथि नै प्रश्न चिन्ह उठ्ने गरी एउटा जिम्मेवार व्यक्तिले प्रयोग गरेको भाषा शैलीले दल र दलका नेताहरुको वास्तविक चरित्र उदाङ्गो पार्छ । न्यायाधिसजस्तो गरिमामय पदमा रहि लामो अनुभव बटुलीसकेको उपराष्ट्रपति झा उक्त कार्यकालमा चरेस काण्डमा मुछिएको विवादस्पद व्यक्ति हुनुहुन्छ । जसलाई खोजी-खोजी ल्याएर उच्च आसनमा विजयमान गराउनु देश र जनतालाई ठाडै हेप्नु हैन र यो हाम्रो लागि छलफल र वहशको विषय बन्न सक्छ । यसरी भ्रष्ट तस्कर अनि अपराधीको संरक्षण गर्ने राजनैतिक खेलले दुई-चार जनाको भुँडी भर्नु शिवाय देश र जनताले केही पाउँछन् भनि आश गर्नु वेकार छ ।

चर्को विरोध भयो सडक बले विद्यार्थीहरु कलेज छोडेर सडकमा आए । यातायात ठप्प भयो । जनताहरु चर्को नारा जुलुसमा सहभागी भए पुरानो रितीक काण्ड दोहोरियो । तर नेताहरुलाई यसले कुनै असर गरेन । उपराष्ट्रपति विरुद्ध अदालतमा रिट दायर भयो । उपराष्ट्रपतिलाई कुनै असर परेन । हिन्दी भाषा पनि २ लाख नेपालीले प्रयोग गर्ने भाषा हो भन्ने उपराष्ट्रपतिको प्रतिकृया झनै असंवैधानिक भएन र किन उपराष्ट्रपति सांढे दुई करोड नेपालीले प्रयोग गर्ने भाषा बोल्न सक्दैनन् उपराष्ट्रपतिको यो हिन्दी मोह जनताहरुको लागि शंकाश्पद भएको छ । राजनैतिक विश्लेषक मानव अधिकारवादी नागरिक समाज लगायत वुद्धिजिवी अनि पत्रकारहरु भन्छन् निश्चय नै यो अनुउत्तरदायी र गैर जिम्मेवारपूर्ण कार्य हो । कसैलाई राष्ट्रिय भाषा र राष्ट्रिय पोषाक माथि विमति छ भने त्यसको छिनोफानो संविधान सभावाटै गरिनु पर्छ ।

आखिर देश र जनताको स्वामिमानमा आँच आउने काम किन गर्छन् यी नेताहरु किन यी गरिव जनताहरुलाई सडकमा उतार्ने फोहोरी राजनीति गर्छन् । दैनिक रोजगारीमा आश्रित यी गरिव जनताहरु भोकभोकै मर्दैछन् दुई छाक खान नपाएर । अर्थविदहरु भन्छन्- दैनिक दुई डलर भन्दा कम आम्दानी हुनेहरु निश्चयनै भोकमरीमा पर्छन् । महंगी गुणात्मक रुपमा बढ्दैछ पेट्रोलियम पदार्थको मुल्यवृद्धिसँगै खाद्यान्नको मूल्यवृद्धि चर्को छ । भनेको वेलामा किनेर खान पनि पाउँदैन । आखिर गणतान्त्रिक नेपालको उपलब्धी नेपाली जनताको पहिलो गाँसमै ढुङ्गा परेको छ । अव त नेताहरुले सोच्ने बेला भएन र संविधान बनाउने नाममा पद र कुसर्ीको लागि मात्र कति हानाथाप गर्ने देशमा शान्तिको प्रत्याभूतिसँगै विकासको वाटोमा अग्रसर हुने वेला भैसकेको छ अव ।