वर्ष ०१ अंक ०३ २०६५ साउन

सरकार, गठवन्धन र राष्ट्रपित


2008-08-28
सन्दर्भ राष्ट्रपतिय निर्वाचनको । कस्तो राजनैतिक संस्कार हो हाम्रा नेताहरुको । खाँट्टी कुरो-यिनीहरु अवसरवादी हुन् संशोधनवादी हुन् सत्तालिप्सा हुन् जनताका नाममा जनताकै रगत चुस्न पल्केका पोटीला उपियाँहरु हुन् । रगत चुसाउनु पर्ने उपियाँहरुकै सत्ता स्वार्थका निमित्त कथित घोडा बनाउछन् जनतालाई नेताहरुले । यात्रा छउाजेल यात्रा गर् यो यात्रा सकिएपछि कुनै वास्ता छैन । भनिन्छ नि-खोला तर् यो लौरी बिस्र्यो । हो त्यस्तै भएको छ । कहिले कसको कस्तो समिकरण कहिले कस्तो सत्ता र शक्तिकै निम्ति बन्ने गर्छन् राजनैतिक समिकरण गठवन्धन र धु्रविकरण । केहि समयअघि वाम र गैर वाम बीचको राजनैतिक धु्रविकरणको सम्भावना देखिएको थियो । बिडम्वना रातारात त्यो धु्रविकरण समिकरण परिवर्तन भयो बन्यो नयाँ समिकरण गठवन्धन-माओवादी र गैर माओवादी विचको । मात्र राष्ट्रपति र उपराष्ट्रपति पदको लागि ।

नयाँ समिकरणको दोष एकले अर्कोलाई लगाउने गर्छन् । माओवादी एमालेले धोका दिएको आरोप लगाउँछ भने एमाले माओवादीलाई धोकेवाजको संज्ञा दिन्छ आखिर धोका कस्का लागि आखिर धोका जनतालाई दिए यी नेताहरुले । सत्ता युद्धमा जनअपेक्षालाई लात्तीले खाँदे यिनिहरुले । एमालेले राष्ट्रपतिमा रामपि्रत पासवान उठाउनु थियो भने माधव नेपालको नाममा अड्डी किन कस्यो फेरी उता माओवादीलाई यो व्यक्ति राष्ट्रपति हुन पाउने या नपाउने भन्न राष्ट्रपति पद उसको दाइजो हो र फेरी अर्कोरात मधेशी जनअधिकार फोरम र माओवादी बीचको नयाँ समिकरणको हल्ला चल्यो । त्यहाँ पनि उपराष्ट्रपतिको पदलाई लिएर । आरोप प्रत्यारोप भयो । फोरमले माओवादीलाई धोका दियो माओवादीले फोरमलाई । थाहा छैन कसले धोका दियो र धोका खायो । अन्तत ! नेपाली जनताले धोका खाए । एक गद्धार भारत परस्त व्यक्तिलाई उपराष्ट्रपति चुनेर । तस्कर काण्डमा मुछिएका एक कलंकित व्यक्ति जो नेपाली भाषाभन्दा हिन्दी भाषालाई वढि प्यारो मान्छन् उसलाई राज्यको दोस्रो ठूलो व्यक्ति वनाउन सक्ने कस्तो रणनीति हो यिनीहरुको ।

अर्को कुरा सरकार निर्माणको यहाँ पनि पदीय बाँडफाँडले कुरा मिलिरहेको छैन । सरकारको नेतृत्व कसले गर्ने गृह अर्थ रक्षा जस्ता मन्त्रालय कुन पार्टीले पाउने जस्ता कुरामा हलो अड्किरहेको छ । हलो अड्काई गोरु कुट्ने संस्कारमा हुर्केका मालिकहरुले कति रजाई गर्न खोजेका यी रक्त पिपासु कलंकित नेताहरुले । हो माओवादीले संविधान सभामा बढि सिट ल्याएको छ उसको नेतृत्वमा सरकार बन्नुपर्छ तर सरकारको विरोधै गर्न नपाउने जस्ता अधिनायकवादी शर्त तेस्र्यायाउने माओवादीको एकलकाटे प्रवृत्तिले कसैलाई फाइदा पुर् याउदैन र शर्त खडा गरेर जिम्मेवारीवाट पन्छिन खोज्नु माओवादीको हुत्तिहारापन हो । माओवादीको नेतृत्वमा सरकार बन्नुपर्छ भन्ने अनि मुख्य मन्त्रालय चाहि आफै पाउनुपर्छ भन्ने अन्य दलको भनाईमा पनि सत्तालिप्साको झल्को पाइन्छ ।