वर्ष ०१ अंक ०३ २०६५ साउन

अर्कैको नाशो


2008-08-28
कसैको मोहनी हाँसोमा यदि कसैलाई लिनु दिनु भाुभए त्यो अर्कैको नाशो हुनसक्छ एवम् मन मुटुको साथित्व यदि आपसमा छुटेर कसैको ज्यान नै ढल्न पनि सक्छ । यस्तै भावना र विचार बोकेर पूर्णिमा म्यूजिक प्रा।लि। बाट पाँचौ प्रस्तुती अर्कैको नाशोमा बजारमा आएको छ ।

कलाकार गंगाबहादुर बस्नेतको गीति संग्रह अर्कैको नाशोमा कृष्ण थापा विष्णु माझी देवी धर्ती तथा गंगाबहादुर बस्नेत स्वयम्को कर्णपि्रय स्वर सुन्न सकिन्छ । साइड ुएु मा अर्कैको मान्छे नासोमा शीर्ष भाका छ भने शव्द हेमन्त विश्वकर्माको हो । साइड ुबीु मा यो ज्यान ढलेसी मार्मिक भाका गंगावहादुर बस्नेतको शव्द रहेको छ । संगीत संयोजन जुजु गुरुङ रेकर्डिङ स्टुडियो काठमाडौं डिजिटल र लय गंगाबहादुर बस्नेतको रहेको छ । उसो त पूर्णिमा म्यूजिकले कस्तो छ अहिले गाउँघर झल्क्यो रातो घाम धोका दियौं बैगुनी एकजुट हौं नेपाली अर्कैको नासोमा जस्तो गीतिसंग्रह स्रोता सामु ल्याईसकेको छ ।