वर्ष ०१ अंक ०३ २०६५ साउन

सहयात्रा घन गैरैको


2008-08-28
अपत्यारिलो जस्तो लाग्न सक्छ २३ वर्षीय घनश्याम तिम_िल्सनाले आधा दर्जनजति चलचित्र निर्देशन गर्न भ्याईसकेका छन् र उनका सहयात्री सन्जिब गैरेले पनि उत्तिकै चलचित्र निर्माण गरिसकेका छन् । सानै उमेरमा फस्टाएको यो जोडीले नेपाली रङ्ग जगतमा ठूलै योगदान पुर् याउने रङ्ग विश्लेषकहरु बताउँछन् । सडक दादा ग्याँङ्ग फाइट छापामार जस्ता सफल एलसीडी तथा भिसिडी चलचित्र निर्माण र निर्देशन गरिसकेका यी जोडीले अन्य धेरै सानो तथा ठूलो पर्दाका चलचित्रहरुमा अभिनय पनि गरिसकेका छन् । नेपाल टेलिभिजनबाट प्रसारण हुने बाउन्न घुस्सा त्रिपन्न ठक्करमा पनि आफ्नो निर्देशक क्षमतालाई प्रस्तुत गरिसकेका तिम_िल्सना अहिले डेथ अफ फरेस्ट नामक डिजिटल प्रविधिमा एलसीडी चलचित्र निर्माणको प्रक्रृयामा जुटेका छन् । उनीहरुको ूस्टुडेन्टू नामक भिडियो चलचित्र प्रदर्शन भइरहेको छ ।

म्याग्दीको एक ठिटो सिाजव गैरे र सिन्धुपाल्चोके ठिटो तिम_िल्सनाको यो जोडीको सम्मान राज्य र रङ्ग क्षेत्र सम्वन्धि निकायले गर्न कतै विलम्व भएको पो हो कि ?